तीन विधेयक पारित गर्दै प्रतिनिधिसभाको बैठक सकियो, भोलि दिउँसो अन्तिम बैठक बस्ने – Nepal Press

तीन विधेयक पारित गर्दै प्रतिनिधिसभाको बैठक सकियो, भोलि दिउँसो अन्तिम बैठक बस्ने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक भोलि दिउँसो १ बजे पुनः बस्नेगरी आजको बैठक सकिएको घोषणा गरेका हुन् ।

दिउँसो ११ बजेबाट सुरू भएको आजको बैठकले पशुस्वास्थ्य तथा पशुसेवा विधेयक, २०७९, बीमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ पारित गरेको छ ।

भोलिको बैठक प्रतिनिधिसभाको अन्तिम बैठक हुनेछ । भोलि मध्यरात १२ बजेबाट चालू प्रतिनिधिसभाको आयु सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर