एमाले संसदीय दलमा ओलीले गरे अन्तिम सम्बोधन, सामूहिक फोटोसेसनपछि बिदाई – Nepal Press

एमाले संसदीय दलमा ओलीले गरे अन्तिम सम्बोधन, सामूहिक फोटोसेसनपछि बिदाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट निर्वाचित सांसदहरूलाई बिदाई सम्बोधन गरेका छन् । उनले संसदको पाँच वर्षे कार्यकालको समीक्षा गर्दै अबको चुनावमा पार्टीको जितका लागि सम्पूर्ण शक्ति लगाउनुपर्ने बताए ।

प्रतिनिधिसभाको कार्यकाल सकिने अघिल्लो दिन एमालेको अन्तिम संसदीय दल बैठक बसेको हो । आजको बैठकमा ओलीले मात्रै सम्बोधन गरेका थिए । उनले प्रतिनिधिसभामा एमाले सांसदहरूले निभाएको भूमिको प्रशंसा गरे ।

‘यस अवधिमा धेरै खालका उतारचढाव आए, एमालेका माननीयले निकै राम्रो भूमिका खेल्नुभो । त्यसका लागि धन्यवाद दिन चाहन्छु ।’ उनले भने ।

पार्टी विभाजनको प्रसंग जोड्दै उनले चित्तदुखाइ पनि व्यक्त गरे ।

‘केही साथीहरू पार्टी फुटाएर जानुभयो । संसदमा माझीदाइ देश बचाइदेऊ भन्दै गीत गाएर ताण्डव देखाए साथीहरूले,’ ओलीले भने ।

उनले अबको चुनावमा एमाले भर्सेस गठबन्धनको प्रतिस्पर्धा हुने उल्लेख गरे । उनले पार्टीका सांसदहरूलाई चुनावी अभियानमा होमिन निर्देशन दिए । नेकपा एमालेले कुनै हालतमा चुनाव जित्ने र जित्नुपर्ने उनले दोहोर्‍याए ।

बैठकपछि सामूहिक फोटोसेसन गर्दै नेताहरू छुट्टिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर