हुन्डाईको गाडी किन्दा ५ लाखसम्मको नगद छुट – Nepal Press

हुन्डाईको गाडी किन्दा ५ लाखसम्मको नगद छुट

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल हुन्डाई अटोमोबाईल्सको आधिकारीक विक्रेताले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको छ । यो योजना भदौं ३० गते देखि सुरु भएको हो ।

सो योजना अन्तर्गत ग्राहकले ५ लाखसम्मको आकर्षक नगद छुटका साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख ५० हजारसम्मको नगद छुट पनि पाउने छन् । साथै यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा समेत रहेको छ ।

सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहितको सेवा उपलब्ध हुने कम्पनीले बताएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ वटा सोरुमहरु तथा १९ वटा सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर