नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने – Nepal Press

नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने

काठमाडौं । नेपाल टेलिकमले आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम वितरण गर्ने भएको छ ।

सुन्धारा काउन्टरबाट आजदेखि ग्राहकलाई निःशुल्क ई-सिम उपलब्ध गराइने टेलिकमले जनाएको छ । हाल सञ्चालनमा रहेको प्रिपेड वा पोस्टपेड ग्राहकले निःशुल्क रूपमा सिममा परिवर्तन गर्न सक्नेछ ।

यो सँगै इन्टरनेटमा आधारित सिमकार्ड ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरूले नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने भएका छन् ।

ई-सिम प्रविधिलाई समर्थन गर्ने फोन भएका ग्राहकहरूले आफ्ना ह्यान्डसेटहरूमा नयाँ प्रविधि प्रयोग गरि नयाँ अनुभवको मज्जा लिन टेलिकमले आग्रह गरेको छ ।

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *