राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कुन जिल्लाका कुन विद्यालय छानिए ? (सूचीसहित) – Nepal Press

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा कुन जिल्लाका कुन विद्यालय छानिए ? (सूचीसहित)

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीय निर्णयानुसार  राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३४७५ विद्यालय छनोट गरेकाे हाे ।

चालु आर्थिक वर्षको कार्यक्रममा बजेटको दायराले सम्बोधन गर्न सक्ने गरेर देशभरका तीन हजार चार सय ७५ विद्यालय यस कार्यक्रममा छानिएका छन् ।

कार्यक्रम सञ्चालन तथा कार्यान्वयनसम्बन्धी विस्तृत प्रक्रिया तयारी भइरहेको र बजेट वित्तीय हस्तान्तरण हुने क्रममा रहेको केन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत  आठ अर्ब ८८ करोड छुट्याएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *