चोलेन्द्र फैसला गर्दा पैसामा बिक्थे : शम्भु थापा – Nepal Press

चोलेन्द्र फैसला गर्दा पैसामा बिक्थे : शम्भु थापा

थापाले भने, ‘महाभियोगबाट बच्न जबराले एमालेको चाकडी गर्दैछन्’

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फैसला गर्दा पैसामा बिक्ने गरेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै थापाले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसला पैसाको चलखेल भएको उदाहरण रहेको बताए ।

आफ्नी श्रीमतीलाई मारेर, काटेर, बोरामा हालेर प्रमाण नभेटिनेगरी जलाउने अपराधीको विवेकबाट कैद घट्छ ? पैसा बाहेक केले हुनसक्छ त्यस्तो फैसला ? भन्दै थापाले प्रश्न गरे ।

थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले)को चाकडीमा लागेको आरोपसमेत लगाए । उनले जबराले विवादित बयान दिएर कुनै एक दलको मन जित्न चाहेको आरोप लगाएका हुन् । ‘कुनै एक राजनीतिक दलको विश्वास जितियो भने महाभियोग लाग्दैन कि भन्ने दाउँमा छन् । तर त्यसो हुन दिनु हुँदैन । उहाँले धेरै विवादित फैसला गर्नुभएको छ’, थापा भन्छन् ।

‘सुरेन्द्रप्रताप सिंहको दुईवटा जन्ममिति छ भनेर मुद्दा हालेर फिर्ता लिएपछि चोलेन्द्र न्यायाधीश नियुक्त भएका हुन् । उनीविरूद्ध भ्रष्टाचार लागेको व्यक्तिले दाबी गरेको बाहेक पनि सम्पत्ति छ भनेर छोडेपछि न्यायिक टिप्पणीसहित न्याय परिषद्मा सिफारिस भएको हो । त्यहाँ पनि उनी भ्रष्टाचार र चलखेलबाटै न्यायाधीश भएका हुन्’, थापाले भने ।


प्रतिक्रिया

2 thoughts on “चोलेन्द्र फैसला गर्दा पैसामा बिक्थे : शम्भु थापा

  1. भ्रष्टाचारी चोलेन्द्र होईन तिमीहरू हरू जस्ताो छोै । न्यायालयमा सिण्डीकेट खडा गर्न नपाएर झोक झिकेर चोलेन्द्रको विरोध गर्नेहरू चाहि भ्रष्टाचारी रहेछन् । मिडियामा खुलेआम म न्यायाधिशलाई पैसा खुवाएर फैसला गराउँछु भन्नेकाे लाईसेन्स खारेज किन नगरेको अहिलेसम्म ?

  2. Ahile manpari bhanna ra ajhai afno gathabandhan bhayepachhi bessari kurina tathanam gali garna dhakkam dhakka garna sajilo nai bhayo. O wokil PRAMAN nadiyee je bole pani, k TIMI le boleko bhayera satya hune ho? Sabai kura ko PRAMAN deu. Satya bhaye JA.BA.RA. lai jutta ko mala nabhaye timi harule Aparadhi lai lukaune Nir-aparadh lai fasaune bina praman ko sabda jaal bunne fataha barga hau bhanera swikarnu parchha.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर