टी-२० विश्वकपका लागि पाकिस्तानी टोली घोषणा, साहिन शाह अफ्रिदी फर्किए – Nepal Press

टी-२० विश्वकपका लागि पाकिस्तानी टोली घोषणा, साहिन शाह अफ्रिदी फर्किए

काठमाडौं । पाकिस्तानले अस्ट्रेलियामा हुने आईसीसी टी-२० विश्वकपका लागि राष्ट्रिय टोली घोषणा गरेको छ । बिहीबार घोषणा गरिएको टोलीमा चोटमुक्त हुँदै फास्ट बलर साहिन शाह अफ्रिदी फर्किएका छन् ।

पाकिस्तान हालसालै मात्र एसिया कपको फाइनलमा पुगेको थियो । टोलीमा हैदर अलि र साम मसुदले पनि स्थान बनाएका छन् ।

१५ सदस्यीय टोलीमा बाबर आजम, सदाब खान, आसिफ अली, ह्यारिस रौफ, इफ्तिकार अहमद, खुसदिल शाह, मोहम्मद हसनैन, मोहम्मद नवाजले स्थान बनाएका छन् । यस्तै मोहम्मद रिजवान, मोहम्मद वासिम, नसिम शाह र उसमान क्वादिरले पनि टोलीमा छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर