सरुवा भएको गृह मन्त्रालयबाट अष्ट्रेलिया जाँदै सचिव पाण्डे – Nepal Press

सरुवा भएको गृह मन्त्रालयबाट अष्ट्रेलिया जाँदै सचिव पाण्डे

काठमाडौं । गृह मन्त्रालयबाट सरुवा भइसकेका सचिव टेकनारायण पाण्डे गृहकै प्रतिनिधित्व गर्दै विदेश भ्रमणमा जाने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पाण्डेलाई गृह मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिसकेको छ ।

उक्त बैठकले पाण्डेसहित ५ जना सचिवको सरुवा गरेको थियो । जसअनुसार प्रदेश नम्बर १ का प्रमुख सचिव विनोदप्रकाश सिंह गृह मन्त्रालयको सचिवमा सरुवा भएका छन् । सिंह रमानापत्र बुझेर काठमाडौं आइसकेका छन् । सम्भवतः सिंहले शुक्रबार पदभार ग्रहण गर्नेछन् ।

सचिव पाण्डे असोज १ गते गृह मन्त्रालयकै तर्फबाट काजमा अष्ट्रेलिया भ्रमणमा जान लागेको गृह मन्त्रालय स्रोतले जनाएको छ । यद्यपि सरकारले उनलाई काजमा नपठाए मन्त्रालयको तर्फबाट नै बिदा लिएर अष्ट्रेलिया जान लागेका हुन् ।

केही दिन घुमफिर गरेर फर्किएपछि मात्रै पाण्डे सरुवा भएको कार्यालयमा हाजिर हुनेछन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका पाण्डेले केही दिनभित्रै उपराष्ट्रपति कार्यालयमा सरुवा गराउन लागेको बुझिएको छ । उपराष्ट्रपतिको कार्यालयमा रहेका सचिव हरिप्रसाद मैनालीलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेर पाण्डे त्यहाँ जाने तयारीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *