विद्यार्थीलाई उपचारमा ५० प्रतिशत छुटको माग गर्दै अनेरास्ववियूले बुझायो स्वास्थ्यमन्त्रीलाई स्मरण पत्र – Nepal Press

विद्यार्थीलाई उपचारमा ५० प्रतिशत छुटको माग गर्दै अनेरास्ववियूले बुझायो स्वास्थ्यमन्त्रीलाई स्मरण पत्र

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङलाई आफ्ना मागहरुका सम्बाेधन नभएकाे भन्दै स्मरण पत्र बुझाएको छ ।

सम्पूर्ण सरकारी, सामुदायिक विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई अस्पतालहरुमा ओपीडी सेवा निःशुल्क र उपचारमा ५० प्रतिशत सहुलियत दिनुपर्ने मागसहित गत साउन ४ गते स्वास्थ्यमन्त्री र राज्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियूले आज आफ्ना मागहरुको सम्बोधन नभएको भन्दै स्मरण पत्र बुझाएको हो ।

अध्यक्ष सुदेश पराजुलीले स्वास्थ्य जस्तो आफ्ना संवेदनशील मागहरुका विषयमा स्वास्थ्य मन्त्रालय र राज्य उदासिन हुनुले अनेरास्ववियू चिन्तित भएको स्मरण पत्रमा उल्लेख गरेका छन् ।

पत्रमा मन्त्री खापुङले संविधान प्रदत्त मौलिक अधिकार स्वास्थ्यलाई विद्यार्थीका लागि निःशुल्क र सहज पहुँच पुर्‍याउन छिट्टै पहलकदमी गर्ने पनि संगठनले विश्वास लिएको जनाएको छ ।

त्यस्तै, अनेरास्ववियूले अहिले फैलिइरहेको डेंगु संक्रमणबाट विद्यार्थीहरुलाई सुरक्षित बनाउन विद्यालय, क्याम्पस, विश्वविद्यालयलगायत परिसर वरीपरी डिसइन्फेक्सन स्प्रे गर्न र रोगबाट बच्न आम मानिसमा जनचेतना फैलाउनसेमत मन्त्री खापुङसमक्ष माग गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर