‘खुकुरी ह्वाइट रम’ बजारमा – Nepal Press

‘खुकुरी ह्वाइट रम’ बजारमा

काठमाडौं । ‘दि नेपाल डिस्टिलरिज’ ले आफ्नो चर्चित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ह्वाइट रम’ बजारमा ल्याएको छ । यससँगै खुकुरी ब्राण्डको पोर्टफोलियोमा तीन प्रकारका रम भएका छन् । जसमा खुकुरी ट्रिपल एक्स, खुकुरी स्पाइस्ड र खुकुरी ह्वाइट रम रहेका छन् ।

खुकुरी ह्वाइट रम एक स्पष्ट पारदर्शी रम हो । जसले गर्मीयामका पेयहरूको माग पूरा गर्नेछ । यसलाई बरफ हालेर पिउन सकिन्छ । कोला वा जुस जस्ता मिक्सरहरूसँग पनि पिउन सकिन्छ । ‘खुकुरी ह्वाइट रम’ लाई ककटेल बनाउन पनि प्रयोग गर्न सकिन्छ ।
मोहितो लोकप्रिय ककटेलमध्ये एक हो, जुन ह्वाइट रम प्रयोग गरी बनाइन्छ ।

ह्वाइट रमको स्थानीय उत्पादन नहुने र आयातित मदिरामा प्रतिबन्धका कारण नेपालका बारहरूले हिजोआज मोहितो बनाउने गरेका छन् । अहिले सेतो रक्सीको प्रयोग गर्नुपर्ने बाध्यता छ । तर, अब नेपाली उपभोक्ताहरूले फेरि ह्वाइट रमसँग मोहितो पिउन सक्नेछन् ।

नेपालको मौलिक स्वादलाई कायमै राखेर कम्पनीले खुकुरीको ह्वाइट रम तयार गर्न २ वर्षभन्दा बढी समय लगाएको थियो । ह्वाइट रमलाई विश्वस्तरीय तरल पदार्थको रुपमा विकास गर्नुअघि व्यापक परीक्षण र प्रतिक्रियाको श्रृंखलाहरु सञ्चालन गरिएका थिए । यो क्रममा नेपालका सबै प्रिमियम बार र रेस्टुरेन्टहरूबाट समर्थन र सहयोग प्राप्त भएको थियो ।

खुकुरी रमको ब्राण्ड पोर्टफोलियोमा विश्वस्तरीय ह्वाइट रम थपिएकोमा आफूलाई गर्व महसुस भएको ‘दि नेपाल डिस्टिलरिज’का महाप्रबन्धक शुभाष लामिछानेले बताए ।

उनले भने, ‘हामीले रमको आधारभूत पोर्टफोलियो अब पूर्ण गरेका छौं । हामीले उत्पादन गर्दै आएका रमका अन्य भेराइटी निर्यात गरेजस्तै ह्वाइट रम पनि निर्यात गरी विदेशी मुद्रा आर्जन हुने र यसबाट राष्ट्रिय अर्थतन्त्रलाई थोरै भए पनि टेवा पुग्ने विश्वास लिएका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर