चोलेन्द्रले पोलेका वकिलहरू बयान दिन समितिमा उपस्थित – Nepal Press

चोलेन्द्रले पोलेका वकिलहरू बयान दिन समितिमा उपस्थित

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विभिन्न आरोप लगाएका कानुन व्यवसायीहरू बयानका लागि महाअभियोग सिफारिस समितिको बैठकमा बयानका लागि उपस्थित भएका छन् ।

सिंहदरबारमा भर्खरै सुरू बैठकमा उनीहरू चोलेन्द्रविरुद्ध बयान दिन उपस्थित भएका हुन् । समितिमा बयानका क्रममा राणाले पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, बारका नेतालाई विभिन्न आरोप लगाएका थिए ।

सिफारिस समितिको बोलावटपछि नेपाल बार एशोसियशनका पूर्वअध्यक्षहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, रमण श्रेष्ठ, कृष्णप्रसाद भण्डारी, अञ्जिता खनाल, ओमप्रकाश अर्याल, गोपालप्रकाश अर्याल र गोपालकृष्ण घिमिरे उपस्थित भएका छन् ।

समितिले प्रधानन्यायाधीश जबराले आरोपित गरेका पूर्वप्रधान्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशलाई समेत डाकेको थियो । तर, उनीहरू भने बयानमा आउन मानेनन् ।


प्रतिक्रिया

One thought on “चोलेन्द्रले पोलेका वकिलहरू बयान दिन समितिमा उपस्थित

  1. सबैजना एकैचोटी ? भनेपछि सबैको मूल र विचार एउटै रहेछ । कतै न्यायालय बिगार्ने यिनै त होईनन् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर