बयानका लागि बोलाइएका न्यायाधीश र वकिल नआएपछि समिति पर्खेको पर्खै – Nepal Press
चोलेन्द्रमाथि महाअभियोग

बयानका लागि बोलाइएका न्यायाधीश र वकिल नआएपछि समिति पर्खेको पर्खै

काठमाडौ । महाअभियोग सिफारिस समितिको बैठक स्थगित भएको छ । बिहानदेखि पटकपटक गर्दै दिउँसो १ बजेलाई सारिएको बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू नआएपछि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मुछेका बहालवाला र पूर्वन्यायाधीश तथा वकिलहरूलाई बयानका लागि बोलाइएको थियो । तर, कोही पनि उपस्थित नभएपछि बैठक ३ बजेसम्मका लागि स्थगित गरिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले महाअभियोग सिफारिस समितिको बैठकमा उपस्थित नहुने बताइसकेका छन् ।

त्यसैगरी पूर्वप्रधानन्यायाधीश हरिप्रसाद शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलगायतले पनि समिति बैठकमा बयानका लागि उपस्थित नहुने घोषणा गरेका छन् । सोही कारण अबको बैठक कसरी सञ्चालन गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न समिति बैठक पर सारिएको एक सदस्यले जानकारी दिए ।

बुधबारको समिति बैठकले जबराले मुछेका नामहरूमध्ये राजनीतिज्ञबाहेक न्यायाधीश र वकिललाई समितिमा बोलाएर सोधपुछ गर्ने निर्णय गरेको थियो ।


प्रतिक्रिया

One thought on “बयानका लागि बोलाइएका न्यायाधीश र वकिल नआएपछि समिति पर्खेको पर्खै

  1. अपराधीलाई अपराध बारे बयान दिन, बयान दिने ठाउँ मा बोलाँउदा नजानु भनेको के हो र त्येशको अर्थ के !?
    यसको उत्तर ती सार्बज्ञानी वकिल र बरिस्ठ न्यायाधिस बाहेक कसले भन्न सक्छ र !! नैतिकहिन् भए पछी !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर