वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने – Nepal Press

वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने

काठमाडौं । वीर अस्पतालले साउनदेखि घरबहाल कर महानगरपालिकालाई बुझाउने भएको छ ।

अस्पतालको स्वामित्वमा रहेका विभिन्न घरटहराहरुलाई बहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत अब आगामी आर्थिक वर्षदेखि महानगरलाई बुझाउने भएको हो ।

यसभन्दा अघि अस्पतालले स्थानीय तह सञ्चालन ऐन आउनुभन्दा अघि घरबहाल कर राजस्वा कार्यालयमा बुझाउदै आएको थियो । केही समय अघि काठमाडौं महानगरले वीर अस्पताललाई घरबहाल कर तिर्न ताकेता गरेको थियो ।

तर, अस्पतालले भने घरबहाल कर राजस्व कार्यालयमा गएर तिरेकाले राजस्वमा नै गएर विवरण हेर्न भनेको थियो । वीर अस्पताल काठमाडौं महानगरलाई कर घरबहाल कर तिर्न सहमत भएको हो ।

पछिल्लो समय महानगरले उठाउन बाँकी रहेको कर निरन्तर उठाइरहेको छ ।

‘अस्पतालको स्वामीत्वमा रहेका विभिन्न घरटहराहरुलाई वहालमा लगाइएको र सो वापत प्राप्त हुने रकमको १० प्रतिशत रकम साविक वमोजिम ( स्थानीय सरकार संचालन ऐन २०७४ )जारी हुनु अघि झै केन्द्र सरकारको खातामा आन्तरिक राजश्व कार्यालय ठमेल मार्फत मिति ०७९ आषाढ मसान्तसम्मको सम्पुर्ण रकम जम्मा गरिसकिएको र यस आ।व।को श्रावण १ गते देखि प्राप्त हुने रकम ताहाँ कार्यालयमा जम्मा गरीने व्यहोरा अनुरोध छ,’ अस्पतालले निकालेको सूचनामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर