असोजदेखि बढ्ने भयो बैंकहरुको ब्याजदर – Nepal Press

असोजदेखि बढ्ने भयो बैंकहरुको ब्याजदर

काठमाडौं । लामो समयदेखि स्थिर रहेको ब्याजदर असोजबाट बढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार भएको बैठकले ब्याजदरमा हेरफेर गर्ने निर्णय गरेको हो ।

अहिले बैंकहरूले साधारण मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । रेमिटेन्समा १२.०३ प्रतिशत र संस्थागतको अधिकतम ९.३ प्रतिशत ब्याज छ ।

करिब १ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याज बढ्ने बुझिएको छ । पछिल्लो समय अर्थतन्त्रमा केही सहज भएको र रेमिट्यान्स पनि बढ्न थालेकाले ब्याजदरमा हेरफेर गर्ने निर्णय गरिएको संघका एक सदस्यले जानकारी दिए ।

एक वर्ष अघिदेखि बैंकर्स संघले सहमतिमा एकै खालको ब्याजदर निर्धारण गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर