तत्काल ब्रोकर लाइसेन्स दिन एक सातामै दुईपटक नियमावली संशोधन – Nepal Press

तत्काल ब्रोकर लाइसेन्स दिन एक सातामै दुईपटक नियमावली संशोधन

काठमाडौं । सरकारले शेयर ब्रोकरको लाइसेन्स दिन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली २०६४ को एक साताभित्रै दुईपटक संशोधन गरेको छ ।

एक साताअघि संशोधन भएको नियमावलीको बुँदा नं २ को उपबुँदा ३ मा धितोपत्र बोर्डले नियमावली प्रारम्भ भएपछि ३० दिनको समय दिएर आवेदन माग गर्ने भनिएको थियो । तर, उपबुँदा ५ मा भने ‘नियमावली प्रारम्भ भएको ३ वर्षपछि बोर्डले ब्रोकर लाइसेन्सका लागि आवेदन माग गर्नेछ भन्ने शब्द राखिएको थियो ।

चौथो संशोधन भएको एक साता नबित्दै नेपाल धितोपत्र बोर्डले सरकारमार्फत तत्काल ब्रोकर लाइसेन्स दिन पाउने गरी पाँचौंपटक नियमावली संशोधन गरेको हो । गत भदौ २१ गते बसेको मन्त्रिपरिषद बैठकले चौथो संशोधन पारित गरेको थियो । पास भएको नियमावलीमा आफूले प्रस्ताव गरेकोभन्दा विपरीत अर्को बुँदा थपेर आएपछि बोर्डले तत्काल त्यसलाई संशोधन गर्न अर्थ मन्त्रालयमा प्रस्ताव गरेको थियो ।

संशोधित नियमावली जारी भए पनि पहिलोपटक ब्रोकर लाइसेन्स दिन पाउने र अर्को लाइसेन्स तीन वर्षपछि मात्रै दिन पाउने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर