जापानमा गायिका अमृतामाथि दुर्व्यवहार प्रकरण: खास के हो कुरा ? – Nepal Press

जापानमा गायिका अमृतामाथि दुर्व्यवहार प्रकरण: खास के हो कुरा ?

जापान । जापानको ओसाकास्थित धौलागिरी दोहोरी साँझमा सांगीतिक कार्यक्रममा आएकी लोक दोहोरी गायिका अमृता श्रीपालले आयोजकले आफूमाथि दुर्व्यवहार गरेको बताएकी छन् । धौलागिरी दोहोरी साँझ संचालक धनबहादुर थापा आफूलाई दुर्व्यवहार गरेको बताएकी हुन् ।

श्रीपालले लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष सूर्य खड्कालाई सम्बोधन गरेर लेखेको निवेदनमा आफूमाथि दुर्व्यवहार गरेको जानकारी गराउँदै २ महिनाको भिसा बाँकी रहेकाले उक्त अवधिभर जापानमा तय भएका कार्यक्रममा भाग लिने वातावरण मिलाइदिन आग्रह गरेकी छिन् । जब कि उनका हरेक कार्यक्रमको तय गर्ने आयोजकले हो ।

त्यसलगत्तै आयोजकका तर्फबाट विज्ञप्ति जारी गर्दै दोहोरी साँझका सञ्चालक धनबहादुर थापाले श्रीपालले लगाएका आरोपहरूको खण्डन गरेका छन् । जापानस्थित लोक तथा दोहोरी गीत प्रतिष्ठानले घटनाबारे छानविन गर्न माग गरेको छ भने म्याग्दी प्रवासी नेपाली संघ (मोना) समेत विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति प्रकट गरेको छ ।

यतिमात्रै होइन, मोनाले आयोजकलाई गल्ती स्वीकार गर्न विज्ञप्तिमार्फत चेतावनी नै दिएको छ । धौलागिरी दोहोरी साँझका सञ्चालक थापाले विज्ञप्ति जारी गर्दै आफ्नो अनुमतिविना फिलिपिनो वारमा गएको भनेर उनले गरेको दाबी गलत रहेको जानकारहरूले बताएका छन् ।

‘नेपाली र फिलिपिनहरू मिलेर चलाएको बार हो, त्यसको वार्षिकोत्सव भएकाले बारको आग्रहमा श्रीपालजीलाई आयोजकले पठाएको हो’ उक्त दिन बारमा सँगै रहेका एक नेपालीले नाम उल्लेख नगर्ने शर्तमा भने श्रीपालजीलाई ५० हजार दिने शर्तमा आयोजकले नै पठाएको हो ।’

राति ११ बजे देखि बिहान ६ बजेसम्म बारमा बसेको र बिहान ६ बजे पछि निवासमा फर्किएको बताएको छ । सामान्यतया जापानमा कलाकार ल्याउँदा सबै जिम्मेवारी आयोजकले निर्वाह गर्नुपर्ने हुन्छ ।

कलाकार र आयोजकबीच विवाद उत्पन्न भएपछि दोहोरी साँझका सञ्चालक थापाले श्रीपाललाई नेपाल फिर्ता पठाउन १६ तारिख शुक्रबारको टिकट काटेका थिए ।

श्रीपाल जापानमा रहँदासम्म उनको हरेक कुराको जिम्मेवारी आयोजककातर्फबाट थापाले लिनुपर्छ । जापान प्रवेश गरेदेखि नेपाल नफर्किँदासम्म सबैको कुराको जिम्मेवारी लिन पर्ने आयोजकले कलाकारमाथि दुर्व्यवहार गरेको हो भने अति नै गम्भीर कुरा हो ।

घटनाबारे तथ्य बुझ्न दुवै पक्षलाई राखेर कुराकानी गर्ने तयारी भइरहेको एनआरएनए जापान क्षेत्रीय समिति ओसाकाका संयोजक दीलिप शर्माले जानकारी दिए । छलफलमा मोना जापानका प्रतिनिधिको सहभागिता रहने उल्लेख गरिएको छ ।

‘अहिले श्रीपाललाई ओसाकाको एक होटलमा राखेका छौ’ शर्माले भने, ‘अब केही समय पछि दुवै पक्षलाई राखेर छलफल गरेपछि निष्कर्ष निक्लेला ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर