जनता अहिले पनि देशको चाबी माओवादीको हातमा दिन चाहन्छन् : प्रचण्ड (भिडिओ) – Nepal Press

जनता अहिले पनि देशको चाबी माओवादीको हातमा दिन चाहन्छन् : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले अझै पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहेको बताएका छन् ।

पोस्टबहादुर बोगटीको स्मृति दिवसमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले  यस्ताे बताएका हुन् । उनले  देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना जनताको रहेको  भन्ने सन्देश स्थानीय तहको निर्वाचनबाट  दिएकाे बताए ।

‘स्थानीय तहको निर्वाचनबाट सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी चाहिँ दिन चाहन्छन् । देशको राजनीति कता लैजाने भन्ने फैसला माओवादीले गरोस भन्ने चाहना छ जनताको भन्ने कुरा प्रष्ट देखिएको छ।’ उनले भने ।

उनले  माओवादी पार्टीका नेताहरु एकतावद्ध  हुन नसक्दा  स्थानीय तहमा नतिजा राम्राे नआएकाे पनि स्वीकारे ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रको व्यवस्थापन राम्रो गर्न सकेको भए देशको एक नम्बर कम्युनिष्ट पार्टी बन्ने बस्तुगत आधार क्लियर देखिएकाे  बताए ।   उनले थपे,’ त्यो कुनै मनोगत मूल्याङकनको कुरा होइन हामीले पहिला जितेका ५० भन्दा बढी स्थानीय तह जहाँ जनमत हाम्रै पक्षमा  थियाे तराई मधेश पहाड सबैतिर  । अझ मुख्यत हेर्दा तराई मधेशको जनमत हाम्रै पक्षमा हुँदा हुँदै पनि पार्टीको व्यवस्थापन राम्रोसँग गर्न नसक्दा त्यति गुम्यो हाम्रो । यदि त्यो नगुमेको भए आज हामी देशको पहिलो कम्युनिष्ट पार्टी बनिसकेको हुन्थ्यो ।’

अध्यक्ष  प्रचण्डले अझै पनि पार्टी पुरै रिभाइभ हुने सम्भावना रहेकाे बताए ।

 


प्रतिक्रिया

3 thoughts on “जनता अहिले पनि देशको चाबी माओवादीको हातमा दिन चाहन्छन् : प्रचण्ड (भिडिओ)

  1. दलाली गरेर खाने राम्रै मौका पाउने भयोै । बधाई छ ।

  2. दलाली गरेर खाने राम्रै मौका पाउने भयोै । बधाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर