च्याम्पियन्स लिगमा मेस्सीको थप दुई कीर्तिमान- लगातार १८ संस्करण र ३९ क्लबविरुद्ध गोल – Nepal Press

च्याम्पियन्स लिगमा मेस्सीको थप दुई कीर्तिमान- लगातार १८ संस्करण र ३९ क्लबविरुद्ध गोल

काठमाडाैं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा लियोनल मेस्सीले एकै खेलमार्फत दुई कीर्तिमान थपेका छन्। समूहगत चरणको बुधबार राती मक्काबी हैफाविरुद्ध भएको खेलमा मेस्सीले गोल गर्दै ती कीर्तिमान बनाएका हुन्।

उनले च्याम्पियन्स लिग फुटबलको लगातार १८ संस्करणमा गोल गरेका छन्। यसैगरि ३९ औँ क्लबविरुद्ध गोल गरेका हुन्। च्याम्पियन्स लिगका सर्वकालिन सर्वाधिक गोलकर्ता क्रिस्टियानो रोनाल्डोले ३८ क्लबविरुद्ध गोल गरेका छन्। च्याम्पियन्स लिगमा रोनाल्डोले एक सय ४० र मेस्सीले एक सय २६ गोल गरेका छन्।

प्रतियोगिताअन्तर्गत बुधबार राती मेस्सी आबद्ध पीएसजीले इजरायली क्लब हैफालाई ३(१ गोलले हरायो। पीएसजीको जितमा मेस्सीसहित केलियन एमबाप्पे र नेमारले गोल गरे।

खेलमा सुरुवाती अग्रता भने घरेलु टोली हैफाले लिएको थियो। तर पहिलो हाफमै मेस्सीले खेल बराबरीमा ल्याएका थिए।
६६ औँ मिनेटमा मेस्सीकै पासमा गोल गर्दै एमबाप्पेले अग्रता दिलाएका थिए। प्रतियोगितामा पीएसजीले लगातार दोस्रो जित हात पारेको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर