बयानमा चोलेन्द्रले नाम लिएका व्यक्तिहरूलाई समितिले आज बोलायो, छुट्टाछुट्टै समय दिएर छलफल गर्ने – Nepal Press

बयानमा चोलेन्द्रले नाम लिएका व्यक्तिहरूलाई समितिले आज बोलायो, छुट्टाछुट्टै समय दिएर छलफल गर्ने

काठमाडौं । निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।

बुधबार नै राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको बैठक बिहान १० बजे बोलाइएको छ।

संसदको महाअभियोग सिफारिस समितिले बयानका क्रममा निलम्बित प्रधानन्याधीश चोलेन्द्रशम्शेर जबराले नाम लिएका व्यक्तिहरुलाई छलफलका लागि आज बोलाएको छ ।

न्यायाधीश, पूर्वन्यायाधीश, बारका पदाधिकारीसँग आज छुट्टाछुट्टै समय दिएर छलफल गर्ने समितिका प्रवक्ता लक्ष्मी प्रसाद गौतमले जानकारी दिए ।

बुधबार सिंहदरबारमा बसेको समिति बैठकले बयानका क्रममा नाम आएका बारका पदाधिकारी, न्यायधिश, पूर्वन्यायधिश लगायतलाई बिहीबार छलफलका लागि बोलाउने निर्णय गरेको थियो ।

यसअघि बयानका क्रममा जबराले आफुलाई महाभियोग लगाउनुको कुनै औचित्य पुष्टि हुन नसक्ने भन्दै बिभिन्न व्यक्तिहरुको नाम लिएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर