यू-१७ साफ : नेपालको उपाधि यात्रामा फेरि तगारो बन्यो भारत – Nepal Press

यू-१७ साफ : नेपालको उपाधि यात्रामा फेरि तगारो बन्यो भारत

काठमाडौं । साफ यू-१७ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा नेपाललाई ४-० गोलको नतिजामा पराजित गर्दै भारत च्याम्पियन बन्यो ।

नेपाललाई हराएर भारतले समूह चरणको बदला लिएको छ । समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई २-१ को नतिजामा पराजित गरेको थियो भने दोस्रो खेलमा भारतलाई ३(१ को नतिजामा हराएको थियो ।

सेमिफाइनलमा घरेलु टिमलाई ६-० ले हराउँदै नेपाल फाइनल पुगेको थियो ।

भारतको जितमा बोवि सिंह, कोरोउ सिंह,थाङलाल सोउन र अमनले एकरएक गोल गरे । खेलको १७औं मिनेटमा बोवि सिंहको गोलमा भारतले सुरूवाति अग्रता बनाएको थियो ।

कोरोउ सिंहले ३०औं मिनेटमा भारतको अग्रता दोब्बर पारेका थिए । खेलको ३८औं मिनेटमा नेपालका कप्तान प्रसान्त लक्क्षमले रातो कार्ड पाएपछि नेपाल दस खेलाडिमा समेटिएको थियो । पहिलो हाफमै नेपालमाथि हावि भएको भारतले दोस्रो हाफमा पनि नेपाललाई दवावमा राख्यो ।

थाङलाल सोउनले ६२औं मिनेटमा गोल गर्दै भारतको अग्रता ३-० मा पुर्‍याएका थिए ।

खेलको इन्जुरि समयमा अमनले गोल गरेसँगै भारतले ४-० को जित सुनिश्चित गर्‍याे ।


प्रतिक्रिया

One thought on “यू-१७ साफ : नेपालको उपाधि यात्रामा फेरि तगारो बन्यो भारत

  1. के आजकाे खेलमा नेपालले रेड कार्ड पाउनै पर्ने थियाे त । खेल त मैले पनि हेरे कै हुँ । अनावश्यक थियाे रेड कार्ड । रेड कार्ड पछिकाे खेलाडीकाे मनाेविज्ञान विग्रीएकाे आभाष भयाे । खेल पत्रकार र राष्ट्रिय खेलकुद परिषदले याे रेड कार्डका बिषयमा स्पष्ट पारीदिदा राम्राे हुन्थ्याे । आजकाे खेल ……………. के लेख्नु खै । तर जे हाेस मेराे धर्तिका सुपुत्रहरुले अन्तिम सम्म अविचलित लडिरहे ।भिडिरहे । मेराे स्यालुट छ कर्णधारहरुलाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर