घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी – Nepal Press

घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा जैसी विजयी

कैलाली । घोडाघोडी उद्योग वाणिज्य संघको अध्यक्षमा दुर्गा दत्त जैसी विजयी भएका छन् । आज भएको निर्वाचनमा नन्दराम सापकोटालाई ८० मतले पराजित गर्दै जैसी अध्यक्षमा निर्वाचित भएका हुन् ।

जैसी १५० मत पाएर विजयी हुँदा सापकोटाले ७० मत प्राप्त गरेका थिए । त्यस्तै उद्योग उपाध्यक्षमा आशिस मल्ल विजयी भएका छन् । उनले १२८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी मनोज कुमार सुनारले ९० मत प्राप्त गरे । सचिवमा निरक हमालले १३१ मत ल्याएर विजयी हुँदा धन बहादुर बडुवालले ८८ मत प्राप्त गरेका थिए ।

२३४ मत मध्ये आज २२२ मत खसेको थियो । १५ सदस्यीय कमिटी मध्ये आज अध्यक्ष उद्योग उपाध्यक्ष र सचिवको मात्र निर्वाचन भएको थियो । यस अघि वाणिज्य उपाध्यक्षतर्फ अनन्त जोशी, वस्तुगत उपाध्यक्ष तर्फ पुष्कर भाट, महासचिवका भवनी ढकाल, कोषाध्यक्षमा झरना आचार्य निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तै, सदस्यतर्फ नारायण भण्डारी, जितेन्द्र चौधरी , आसाराम चौधरी, जय कुवर, ठम्मन बोहरा, नवराज बस्नेत, राम लौटन चौधरी र हुकुम आचार्य निर्विरोध निर्वाचित भए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर