प्रधानमन्त्री देउवाले फेरे सम्पत्ति शुद्धिकरण विभागका हाकिम – Nepal Press

प्रधानमन्त्री देउवाले फेरे सम्पत्ति शुद्धिकरण विभागका हाकिम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति शुद्धिकरण विभागका हाकिम फेरेका छन् । प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागमा सहसचिव तारानाथ अधिकारीलाई पठाइएको छ। विभागमा रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको छ ।

अधिकारी हालसालै मात्र पर्यटन विभागको महानिर्देशकबाट प्रधानमन्त्री कार्यालयमा सरुवा भएका थिए । भदौ ५ गते मात्र उनको प्रधानमन्त्री कार्यालयमा सरुवा भएको थियो। अधिकारीले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई वर्ष काम गरेका थिए ।

प्रधानमन्त्री कार्यालयमा सरुवा भएका सहसचिव भट्टराई हाल गैरकानुनी आम्दानी र स्रोतमाथि नियन्त्रण गर्न भइरहेका प्रयासबारेको गोष्ठीमा सहभागीका लागि सिंगापुरमा रहेका छन् । राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागमा प्रधानमन्त्रीको प्रत्यक्ष हस्तक्षेप रहने गर्छ । यी दुवै निकाय प्रधानमन्त्री कार्यालय मातहत रहन्छन् । केही वर्षअघि यी दुवै कार्यालयलाई प्रधानमन्त्री कार्यालय मातहत राखिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर