समानुपातिक उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय बोर्ड बैठक बालुवाटारमा – Nepal Press

समानुपातिक उम्मेदवारबारे छलफल गर्न कांग्रेस संसदीय बोर्ड बैठक बालुवाटारमा

काठमाडौं । नेपाली कांग्रेस संसदीय बोर्डको बैठक बालुवाटारमा बसिरहेको छ ।

अहिले दिउँसो साढे ३ बजेबाट बैठक जारी रहेको नेपाली कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार बैठकमा समानुपातिक उम्मेदवारहरूबारे छलफल हुनेछ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज २ र ३ मा समानुपातिकतर्फको सूची बुझाउनुपर्ने निर्वाचन आयोगको कार्यतालिका छन् ।

नेपाली कांग्रेस संसदीय बोर्डमा १४ सदस्य रहेका छन् । समितिमा पार्टीका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहितका सबै पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर