सामाजिक सञ्जालका प्रलोभनयुक्त ‘म्यासेज’ वास्ता नगर्न प्राधिकरणको आग्रह – Nepal Press

सामाजिक सञ्जालका प्रलोभनयुक्त ‘म्यासेज’ वास्ता नगर्न प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न प्रलोभन देखाएर सामाजिक सञ्जालमा आउने म्यासेजहरूलाई वास्ता नगर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै सामाजिक सञ्जालहरू भाइवर, मेसेन्जर, ह्वाट्सएप, इमो र वीच्याट जस्तो एपहरूमा राष्ट्रिय झण्डा, प्राधिकरण तथा सेवा प्रदायकको लोगो समेतको दुरुपयोग गरी प्रलोभनयुक्त म्यासेज आउने गरेको भन्दै यस्तो आग्रह गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘तरिकाले पुरस्कार परेको भनी म्यासेज पठाई सेवाग्राहीलाई प्रलोभनमा पार्ने र यसरी प्रलोभनमा परी परिचित व्यक्तिको सम्पर्कमा पुगी आफ्नो नाम, मोबाइल नम्बर, बैंक लगायतको जानकारी दिई उपभोक्ताहरू ठगिएको पाइएको छ ।’

प्राधिकरणले यस्तो प्रलोभनमा नपर्न र आएका लिंकहरु समेत नखोल्न आग्रह गरेको छ ।

‘अतः यस्ता प्रलोभनमा नपरी यस सम्बन्धी म्यासेज तथा यससँग आउने लिंक नखोल्नु हुन र यस्ता गतिविधिबाट सचेत रही आफू नठगिन । अरुलाई पनि ठगिनबाट जोगाउन सम्पूर्ण उपभोक्ताहरूलाई जानकारी गराइन्छ’, प्राधिकरणले भनेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *