अनधिकृत संरचना हटाउन गोकर्णेश्वर-४ को ७ दिने अल्टिमेटम – Nepal Press

अनधिकृत संरचना हटाउन गोकर्णेश्वर-४ को ७ दिने अल्टिमेटम

काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं.-४ ले मापदण्ड विपरीतका संरचना हटाउन ७ दिने अल्टिमेटम दिएको छ । वडाध्यक्ष जयराम महतले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।

वडाभित्रका आफ्नो घर, टहरा, पसल, कवल र सटरभन्दा बाहिर पाली निकाल्ने, फुटपाथमा पसल राख्ने, सिँडीमा पसल राख्ने र घरको छतबाट पाइप हाली पानी बाटोमा झार्ने र वर्क सप राखी बाटोमा मोटरसाइकल धुने कार्य वातावरण प्रतिकूल र मापदण्ड विपरीत भएको भन्दै त्यस्ता संरचना ७ दिनभित्र हटाउन निर्देशन गरिएको छ ।

सूचनाको बेवास्ता गरेर अटेर गरे स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम कारवाही तथा जरिवाना गरिने जानकारी गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर