नेपाल टी- २० स्थगित भइसकेको छैन, तयारी भइरहेको छ : चन्द – Nepal Press

नेपाल टी- २० स्थगित भइसकेको छैन, तयारी भइरहेको छ : चन्द

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल टी- २० स्थगित भइनसकेको तर त्यसको तयारी भइरहेको जनाएको छ । केही सञ्चारमाध्यमहरुले नेपाल टी- २० स्थगित भएको खबर प्रचारमा ल्याएका छन् ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने, ‘म पनि समाचार सुनेर अचम्ममा परेको छु । तर, नेपाल टी- २० स्थगित गर्ने कि भन्नेबारे तयारी चाहिँ भइरहेको छ ।’

क्यानले आयोजना गर्ने फ्रेन्चाइज प्रतियोगिता नेपाल टी- २० आगामी सेप्टेम्बर २४ बाट सुरु हुने तालिका थियो । क्यान अध्यक्ष चन्दले मनसुन लामो चल्ने देखिएको र चुनाव पनि आइरहेकाले स्थगित गर्ने विषयमा सरसल्लाह भइरहेको जानकारी दिए ।

‘हामी सरकारसँग पनि परामर्शमा छौं’, उनले भने । प्रतियोगिताका लागि केही दिनअघि मात्र अक्सन सम्पन्न भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर