कर्मचारीहरूलाई प्रोत्साहन गर्न आयोजित ‘आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न – Nepal Press

कर्मचारीहरूलाई प्रोत्साहन गर्न आयोजित ‘आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न

काठमाडौं । आइएनजी ग्रुपको आयोजनामा ‘पहिलो आइएनजी फुटसल टोर्नामेन्ट २०७९’ सम्पन्न भएको छ । उक्त टोर्नामेन्टमा आइएनजी ग्रुपअन्तर्गत रहेको विभिन्न ७ वटा कम्पनीबाट ४१ वटा टोलीको सहभागिता थियो ।

प्रतियोगितामा सहभागी कुल ४१ टोलीमध्ये ३१ पुरुष टोली र बाँकी १० महिला टोली थिए । आइएनजी फुटसल प्रतियोगिता९२०७९ को ग्रान्ड फिनाले महाराजगंजस्थित डुकु फुटसल हबमा सम्पन्न गरिएको हो ।

प्रतियोगिताको फाइनलमा पुरुष टोलीमा हेराल्ड कलेजको ‘टिम हेराल्ड’ र आइएनजी स्किलको ‘टिम स्किल’ बीच प्रतिस्पर्धा थियो। मंगलबार भएको फाइनलमा हेराल्ड कलेजले आइएनजी स्किल लाई पराजित गर्दै उपाधि हात पारेको छ ।

त्यस्तै, महिला टोलीतर्फ इस्लिङ‍्टन कलेजबाट ‘देवीको टिम’ र आइएनजी स्किलबाट ‘स्किल महिला टिम’ फाइनलमा खेलेका थिए । खेलमा इस्लिङ‍्टन कलेजले आइएनजी स्किललाई पराजित गर्दै उपाधि हात पारेको हो ।

आइएनजी ग्रुपले विजेता टोली हेराल्ड कलेज र इस्लिङ‍्टन कलेजलाई सम्मान पत्र, पदक र ट्रफीसँगै एक९एक लाख नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

भान्सामा कार्यरत कर्मचारीदेखि सफ्टवेयर इन्जिनियर टिम, शैक्षिक टोलीहरूको पनि सहभागिता थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर