बयानमा चोलेन्द्रले नाम लिएका व्यक्तिहरूलाई महाअभियोग सिफारिस समितिले आज बोलाउँदै – Nepal Press

बयानमा चोलेन्द्रले नाम लिएका व्यक्तिहरूलाई महाअभियोग सिफारिस समितिले आज बोलाउँदै

काठमाडौं । निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा सबन्धित महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ ।

आजै राणा विरुद्धको महाअभियोगका बारेमा अध्ययन टुंग्याउने प्रस्ताव गरेको सिफारिस समितिको बैठक बिहान साढे ९ बजे बोलाइएको छ। जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा समितिका सदस्यहरुबीच विवाद छ।

आजको समितिको बैठकले जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा निस्कर्ष निकाल्नेछ। त्यसपछि जबरालाई बोलाउने नबोलाउने निश्चित गर्नेछ ।

आजको बैठकमा महाअभियोग सिफारिस समितिसँगको बयानमा निलम्बित प्रधानन्याायधिश चोलेन्द्र शमशेर जबराले नाम लिएका व्यक्तिलाई पनि बोलाइने महाअभियोग सिफारिस समिति सदस्य मीनबहादुर विश्वकर्माले बताए ।

विश्वकर्माले चोलेन्द्रले नाम लिएका व्यक्तिहरूसँग बुझ्न बोलाउने समय तोकिने बताए ।

‘बयान सकिसकेपछि बयानमा व्यक्त भएका विषयहरूलाई अभियोगसँग तुलानात्मकरूपमा अध्ययन गर्छौँ र निष्कर्ष निकाल्छौँ । सँगसँगै बयानमा व्यक्त भएका व्यक्ति र विषयहरूलाई आमन्त्रण गर्छौँ । र, आज नै उहाँहसँग बुझ्ने काम गर्छौँ’, विश्वकर्माले भने ।

संसदलाई प्रतिवेदन बुझाउनुअघि महाअभियोग सिफारिस समितिले राणासँग बयान लिइरहेको छ । असोज १ गते चालू संसदको आयु सकिने भएकाले त्यसअघि नै प्रतिवेदन बुझाइसकिने समितिले बताइसकेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर