महाअभियोगको जड परमादेश हो, गठबन्धनले मविरुद्ध न्यायाधीशहरुलाई प्रलोभन दिएको थियो – Nepal Press

महाअभियोगको जड परमादेश हो, गठबन्धनले मविरुद्ध न्यायाधीशहरुलाई प्रलोभन दिएको थियो

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथिको महाअभियोग प्रस्ताव राजनीतिक भएको भन्दै यसमा असार २८ को फैसलापछिका घटनाक्रम मुख्य जड रहेको दाबी गरेका छन् ।

महाअभियोग सिफारिस समितिसमक्ष अन्तिम दिनको बयान दिने क्रममा राणाले राजनीतिक मुद्दाहरुमा भएका फैसलाका कारण महाअभियोग लागेको र असार २८ को फैसला मुख्य जड रहेको बताए ।

राणाले भने- केही राजनीतिक मुद्दाको परिणामबाट फैसलामा पूर्व अनुमान गरेर न्यायाधीश र प्रधानन्यायाधीशको बीचमा विभेद गराइयो । केहीलाई हौसला दिइयो, केहीलाई आश्वासन दिइयो, र प्रधानन्याधीशको पद केही पर राख्नुपर्छ, काम गर्न दिनुहन्न भन्ने वातावरण सिर्जना गर्न सबै क्रियाकलाप भयो ।

आफूमाथि लागेका सबै आरोप झुटा भएको भन्दै जबराले महाअभियोग प्रस्ताव खारेज हुनुपर्ने बताए ।


प्रतिक्रिया

One thought on “महाअभियोगको जड परमादेश हो, गठबन्धनले मविरुद्ध न्यायाधीशहरुलाई प्रलोभन दिएको थियो

  1. भ्रष्ट चोलेन्द्र होईनन भ्रष्ट त उनले पोलेका चाहिँ रहेछन् ।गठबन्धन, सर्वोच्चका न्यायाधिश, वार चाहिँ भ्रष्ट रहेछन् । पुर्व प्रधान्यायाधिशहरू त अदालतमा दलाली गरेर अझै कमाईरहेका रहेछन् । धिक्कार छ यस्तालाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर