८ वर्ष बिताएको बायर्नविरुद्ध फर्कँदैछन् लेवान्डोस्की तर बार्सिलोनाको रेकर्ड खराब – Nepal Press

८ वर्ष बिताएको बायर्नविरुद्ध फर्कँदैछन् लेवान्डोस्की तर बार्सिलोनाको रेकर्ड खराब

लन्डन । फिफा वर्ष खेलाडीका पछिल्ला दुई संस्करण विजेता रोबर्ट लेवान्डोस्की आफुले पछिल्लो ८ वर्ष बिताएको जर्मन बुन्डेस लिगा क्लब बायर्न म्युनिखविरुद्ध मंगलबार राति खेल्ने भएका छन् ।

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत समूहगत चरणको खेलमा स्पेनिस क्लब बार्सिलोनाले बायर्नको भ्रमण गर्दैछ । लेवान्डोस्की यसै सिजनको सुरुवातमा बायर्नबाट बार्सिलोनामा स्थानान्तरण भएका हुन् ।

लेवान्डोस्की बायर्नमा रहँदा ८ पटक घरेलु लिग र एक पटक च्याम्पियन्स लिग विजेता बनेका थिए। यस्तै दुई सिजन युरोपियन गोल्डेन बुट जितेका थिए भने बुन्डेस लिगामा सात सिजन सर्वाधिक गोलकर्ता बनेका थिए। यो सिजन पनि उनी उच्च लयमा छन् । लेवान्डोस्कीले ५ खेलमा ९ गोल गरेका छन् । उनले गत साता भएको च्याम्पियन्स लिगको पहिलो खेलमा ह्याट्रिक गरेका थिए। तर बायर्नको मैदानमा बार्सिलोनालाई सजिलो छैन ।

उसले हालसम्म बायर्नको मैदानमा जित्न सकेको छैन। गत सिजन बायर्नविरुद्ध भएका दुवै खेलमा बार्सिलोना समान ३–० गोलले पराजित भएको थियो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर