करोडौंको बीचमा एक्लो महसुस हुन्छ, जीवनप्रति गर्वबोध गर्न गाह्रो भइरहेको छ : प्रचण्ड – Nepal Press

करोडौंको बीचमा एक्लो महसुस हुन्छ, जीवनप्रति गर्वबोध गर्न गाह्रो भइरहेको छ : प्रचण्ड

प्रचण्डले भने- सुदन किराती मन्त्रीमात्र होइन राष्ट्रपति बन्ने सम्भावना छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले आफू प्रधानमत्री भए पनि पछिल्लो समय मानव जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको अनुभव सुनाएका छन् । माओवादीका सांसद सुदन किरातीको अनुभूति समेटिएको पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले लाखौं करोडौं मान्छेको बीचमा पनि एक्लो एक्लै महसुस हुने गरेको बताए ।

प्रचण्डले भने- हामी मन्त्री, प्रधानमन्त्री त भयौं तर यो जीवनको सार्थकता र गर्वबोध गर्न गाह्रो भइरहेको छ । हिजो मानव जातिको मुक्तिको लागि सम्पूर्ण समर्पणसहित जनयुद्धमा लाग्दा पद प्रतिष्ठा र स्वार्थको लागि थिएन । मानव जातिको लागि गरेका थियौं । एक्लै जंगलमा हुँदा,पहाड उकाला ओराला,नदीनाला सबैमा एक्लै हिँड्दा पनि लाखौं करोडौं अरबौंको बीचमा सँगै हिडेको जस्तो लाग्थ्यो । तर आज लाखौं करोडौं मान्छेका बीचमा छौं तर एक्लो महसुस हुन्छ ।

 

प्रचण्डले सुदन किराती मन्त्रीमात्र होइन प्रधानमन्त्री र राष्ट्रपति पनि हुने सम्भावना नजिकै रहेको समेत बताए ।


प्रतिक्रिया

2 thoughts on “करोडौंको बीचमा एक्लो महसुस हुन्छ, जीवनप्रति गर्वबोध गर्न गाह्रो भइरहेको छ : प्रचण्ड

  1. बिस्तारै एक्लै बस्यौ भने देशले शान्ति पाउँछ । छिटो गर ।

  2. वहां त जंगलमा गइ एक्लै ध्यान गरेर बसेमा देसले सांच्चिकै शान्ति पक्कै पनि पाउने छ भन्ने बिश्वास धेरैले गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर