निश्चल बस्नेतकाे आक्रोश : एम्बुलेन्सलाई रोक्न मिल्दैन, ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन – Nepal Press

निश्चल बस्नेतकाे आक्रोश : एम्बुलेन्सलाई रोक्न मिल्दैन, ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन

काठमाडौं । चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने रुटमा सार्वजनिक सवारी साधनदेखि एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निर्देशक तथा अभिनेता निश्चल बस्नेतले आक्रोश व्यक्त गरेको छन ।

आफ्नो सामाजिक सञ्जालमार्फत भीआईपीका सवारीहरु आउँदा एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेको बस्नेतले सरकारको रवाफप्रति आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्, ‘कसैले ती भीआईपीलाई सुनाईदिनु । तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भीआईपीहरुले एम्बुलेन्सभित्र छटपटाई रहेको ज्यानसमेत दाउमा राखेका छन् । जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्सलाई रोकिन दिनु भएन, ज्यान भन्दा ठूलो सवारी कुनै भीआईपीको हुनु हुँदैन ।’

अध्यक्ष चान्सु बिहानै नयाँ बानेश्वरस्थित संसद भवनमा नेताहरुसँग उच्चस्तरीय भेटवार्ता गर्न निस्किएका थिए । निस्कने क्रममा उपत्यकाका विभिन्न ठाउँहरुमा सवारी आगमन प्रभावित भएको थियो । भीआईपी सवारीको कारण उपत्यकाका विभिन्न ठाउँहरुमा सार्वजनिक सवारी साधन चलाउन रोक लगाइएको थियो । उक्त रुटमा सवारी आवागमन प्रभावित हुँदा सर्वसाधरणहरु घण्टौंसम्म लामो जाममा बस्नु परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *