चितवनको भरतपुरमा मनि ट्रान्सफरमा दिउँसै डकैती, अटो चालक पक्राउ – Nepal Press

चितवनको भरतपुरमा मनि ट्रान्सफरमा दिउँसै डकैती, अटो चालक पक्राउ

काठमाडौं । चितवनको भरतपुरस्थित एक मनि ट्रान्सफरमा दिनदहाडै डकैती भएको छ । भरतपुर महानगरपालिका-४ फनपार्क नजिकै रहेको नारायणी मनि ट्रान्सफरमा आइतबार दिउँसो सवा १ बजे एक व्यक्तिले हतियार देखाएर काउन्टरमा रहेको २ लाख ४ हजार २५० रुपैयाँ लुटेर लगेको चितवन प्रहरीले जनाएको छ।

सीसीटिभी फुटेजका आधारमा प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१६ मा डेरा गरि बस्ने ४२ वर्षीय मिनमान सुनार रहेका छन् । सुनार अटोचालक हुन् ।

उनलाई सोमबार दिउँसो भरतपुर महानगरपालिका–१० स्थित चौविसकोठीमा बा.प्र. ०३-००१ ह १२६३ नम्बरको आफ्नै अटोमा बसिरहेको अवस्थामा पक्राउ परेको चितवन प्रहरी प्रवक्ता विजयराज पन्डितले जानकारी दिए ।

प्रहरीले उनको साथबाट १३ हजार ६ सय ५ रुपैयाँ र कोठामा लुकाएर राखेको अवस्थामा एक लाख ६७ हजार रुपैयाँ बरामद भएको जनाएको छ । प्रहरीका अनुसार घटनामा प्रयोग भएको हतियार, कपडा र हेल्मेट पनि बरामद भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *