पुसभित्र साधारणसभा गर्न सहकारी संस्थाहरुलाई महानगरको निर्देशन – Nepal Press

पुसभित्र साधारणसभा गर्न सहकारी संस्थाहरुलाई महानगरको निर्देशन

काठमाडौं । सहकारीहरुले निक्षेप फिर्ता गर्न नसकी फरार भएको समाचार बाहिरिएसँगै काठमाडौं महानगरपालिकाले सहकारीलाई अनुशासित बनाउने प्रयास थालेको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै महानगरभित्रका सहकारीहरुलाई पुस मसान्तसम्म साधारणसभा सक्न निर्देशन दिएको हो ।

साधारणसभा सकिएपछिको प्रतिवेदन महानगरको सहकारी विभागमा १५ दिनभित्र बुझाउन पनि उसले सूचित रहेको छ । सहकारीहरुले साधारणसभामा आफ्ना सबै सदस्य उपस्थित हुने गरी जानकारी गराउन महानगरले निर्देशन दिएको छ ।

कम्तिमा ५१ प्रतिशत सदस्य उपस्थित गराएर साधारणसभा गर्न भनिएको छ । महानगरका अनुसार साधारणसभा गर्ने सहकारीहरुले कोपोमिस प्रणालीमा आफ्नो समष्टिगत विवरण प्रविष्ट गरेको हुनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर