सोलुखुम्बुको प्रतिनिधिसभा माओवादीले नै पाउने, को को भए सिफारिस ? – Nepal Press

सोलुखुम्बुको प्रतिनिधिसभा माओवादीले नै पाउने, को को भए सिफारिस ?

सोलुखुम्बु । नेकपा (माओवादी केन्द्र)ले सोलुखुम्बुको प्रतिनिधिसभा सीट कांग्रेसलाई नछाड्ने भएको छ । गठबन्धनको मापदण्ड अनुसार पनि सो क्षेत्र माओवादी केन्द्रकै भागमा पर्छ । हाल सोलुखुम्बुबाट माओवादीका हेमकुमार राई सांसद छन् ।

पार्टीको सोमबार बसेको जिल्ला कमिटी बैठकले प्रतिनिधिसभाका लागि हेमकुमार राई,असिम राई र शिववहादुर बस्नेतको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीमा गरिएको सिफारिसमा परेकामध्ये बस्नेत पार्टीमा अहिलेसम्म कुनै अवसर नपाएका नेता हुन् ।

त्यस्तै प्रतिनिधिसभाको समानु्पातिकतर्फ करुणा बस्नेत,धर्मराज वन,दिलवहादुर नेपाली र पासाङ शेर्पाको नाम सिफारिस गरिएकोछ । प्रत्यक्षमा सिफारिस भएकामध्ये शिव बस्नेत र हेमकुमार राई केन्द्रीय सदस्य हुन् भने असिम राई जिल्ला संयोजक एवम् थुलुङ दुधकाेशी  गाउँपालिकाका अध्यक्ष पनि  हुन् ।

प्रदेश सभा क बाट प्रत्यक्षमा गोम्बु शेर्पा,हिमाल गिरी,जुद्धबहादुर कार्की,राम कुमार राई र रामेश्वर कार्कीको नाम सिफारिस भएको छ । ख बाट ठमनाथ पराजुली,ङिमातेण्डुप शेर्पा,नाम्गेल शेर्पा र दावातेन्ज लामाको नाम सिफारिस भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर