महानगरले ‘बूढो घर’ भत्काएसँगै कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरू – Nepal Press

महानगरले ‘बूढो घर’ भत्काएसँगै कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरू

काठमाडौं । वर्षोदेखि रोकिएको कोटेश्वर–जडीबुटी सडक विस्तारको काम पुन: सुरु भएको छ । काठमाडौं महानगरपालिकाले आइतबार सडक बिस्तारमा बाधा बनेको एक बूढो घर भत्काएपछि सडक डिभिजन कार्यालयले कोटेश्वर जडिबुटी सडक बिस्तारको काम सुरु गरेको हो ।

हिजाेदेखि नै  त्यसठाउँमा सडक विस्तारको काम शुरु भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुनित केसीले नेपालप्रेसलाई बताए ।

उनले भने,‘ सडक विस्तारको काम त पहिलेदेखि नै शुरु भइरहेको थियो । कोटेश्वरको त्यहाँ चाहिँ एउटा घरको कारण रोकिएको थियो । महानगरले त्यो घर भत्काएपछि हामीले सडक विस्तारको काम अगाडि बढाएका छौं । घर भत्काएपछि यतिकै के राख्नु भनेर हामीले ग्रावेल गर्ने काम गरेको छौं । अब एकदुई दिनमा कालोपत्रे हुन्छ ।’

यसअघि सडक विस्तारको क्रममा पर्ने पुरानो एक घरको विवादको कारण सडक विस्तारको काम नै रोकिएको थियो । उक्त घरसम्बन्धि मुद्धा टुंगो महानगरले नै लगाउने उनले बताए । उक्त क्षेत्रमा सडक विस्तार भएसँगै अरु काम धमाधम अगाडि बढ्ने उनले बताए ।

महानगरले बुढो घर संरचना हटाएपछि सडक विस्तारको काम शुरु भएको महानगरले बताएको छ । सरकारले कोटेश्वर-जडिबुटी सडकखण्डको जामलाई व्यवस्थित गर्नका लागि कोटेश्वर(जडीबुटी सडकखण्डको विस्तारको काम अघि बढाएको थियो ।

कोटेश्वरबाट जडिबुटीतर्फ जाँदाको देव्रेतर्फ एउटा नीजि घरको मुआब्जा सम्बन्धी कानूनी समस्याका कारण सडक विस्तारको काम अल्झिएको थियो ।

तस्बिरहरु: उमेश कार्की


प्रतिक्रिया

One thought on “महानगरले ‘बूढो घर’ भत्काएसँगै कोटेश्वर-जडिबुटी सडक विस्तारको काम सुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *