७ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी बिनोदप्रकाश सिंहलाई – Nepal Press

७ सचिवको सरुवा, गृह सचिवको जिम्मेवारी बिनोदप्रकाश सिंहलाई

काठमाडौं । सरकारले गृहलगायत पाँच सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव बिनोदप्रकाश सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको उपराष्ट्रपति कार्यालयमा सरुवा भएको छ । उपराष्ट्रपति कार्यालयका सचिव हरिप्रसाद मैनालीलाइ महालेखा नियन्त्रककाे कार्यालयमा महालेखा नियन्त्रककाे जिम्मेवारी दिइएकाे छ ।

बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने त्यहाँका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अतिरिक्तमा तानिएको छ ।

अख्तियारमा प्रधानमन्त्री कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई पठाइएको छ । यस्तै अर्थ मन्त्रालय मातहत रहेकाे महालेखा नियन्त्रणकाे कार्यालयका महालेखा नियन्त्रक सुमन अर्यालकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा सरुवा भएकाे छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर