टुंगिएन सीट बाँडफाँट, कार्की भन्छन्- एउटैमा २/३ पक्षको दाबी छ (भिडिओ) – Nepal Press

टुंगिएन सीट बाँडफाँट, कार्की भन्छन्- एउटैमा २/३ पक्षको दाबी छ (भिडिओ)

काठमाडौं । सीट बाँडफाँट टुंग्याउन भनेर बसेको गठबन्धनका शीर्ष नेताको बैठक आज पनि निष्कर्षमा नपुगी सकिएको छ ।

बिहान १० बजेदेखि बालुवाटारमा बसेको बैठक निर्णयको नजिकमा पुगेको तर सहमति भइनसकेको सञ्चारमन्त्री एवं सीट बाँडफाँट कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

एउटै सीटमा दोहोरो-तेहेरो दाबी परेको उनले बताए ।

‘एउटै सीटमा २/३ पक्षले दाबी गरेको अवस्था छ । त्यसलाई समाधान गर्न दुईपक्षीय र त्रिपक्षीय वार्ता भइरहेका छन्’, कार्कीले भने ।

दलहरूले आ-आफ्नो अडान राखेको र त्यसलाई विश्लेषण गर्ने काम भइरहेको उनको भनाइ छ ।

कार्कीले भने, ‘सबैले लचिलो हुनुको विकल्प छैन । दलहरूको अडान छ सुक्ष्म ढंगले विश्लेषण गरिरहेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर