स्ट्राइकर सावित्राबिनै श्रीलंकाविरुद्ध नेपाल भिड्दै, को-को छन् ११ खेलाडी ? – Nepal Press

स्ट्राइकर सावित्राबिनै श्रीलंकाविरुद्ध नेपाल भिड्दै, को-को छन् ११ खेलाडी ?

काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । दशरथ रंगाशालामा ५ः३० बजे सुरु हुने खेलका लागि नेपालको सुरुवाती ११ सार्वजानिक भएको छ ।

आजको खेलमा नेपालकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी टिममा छैनन् । डेङ्गु पुष्टि भएका कारण उनी आजको खेलमा उपलब्ध हुने छैनन् ।

साबित्राको अनुपस्थितीमा रेखा पौडेल, अनिता केसी र रस्मि कुमारी घिसिङले नेपालको अग्रपंक्ति सम्हाल्ने छन् ।
गोेलपोष्टको जिम्मा कप्तान एन्जीला तुम्बाआपो सुब्बाले पाएकी छन् ।

डिफेन्स लाइनमा पुनम जर्घा मगर, अमृता जैसी, हिरा कुमारी भुजेल र गिता राना छन् । मिडफिल्डमा दिपा शाही, सरु लिम्बु, अनिता बस्नेत रहेका छन् ।

नेपालले आजको खेलमा श्रीलंकालाई जिते समूह बिजेताको रुपमा सेमिफाइनलमा स्थान बनाउनेछ । यदि श्रीलंकासँग बराबरीको नतिजामात्रै निकाले पनि नेपाल सेमिफाइनल प्रवेश गर्नेछ ।

समूह बीमा रहेको नेपालले पहिलो खेलमा भुटानलाई ४-० गोलको नतिजामा पराजित गरेको थियो । भुटानले श्रीलंकालाई ५-० को नतिजामा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरिसकेको छ ।

समूह एका भारत र बंगलादेश यसअघिन सेमिफाइनल प्रवेश गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर