ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका युवाहरू पक्राउ – Nepal Press

ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेका युवाहरू पक्राउ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीको कार्यक्रममा अवरोध पुर्‍याउने तयारीमा रहेका केही युवालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुर मुरली चोक क्षेत्रबाट ११ जनालाई पक्राउ गरिएको हो । नागरिकताविहीन संघर्ष समितिको आव्हानमा उनीहरू कार्यक्रमलाई अवरोध गर्दै ओलीलाई कालो झण्डा देखाउने तयारीमा रहेको प्रहरीले बताएको छ ।

विशेष सूचनाको आधारमा उनीहरूको शरीर खानतलासी गर्दा कालो झण्डा बरामद भएको डीएसपी प्रदीपबहादुर क्षेत्रीले नेपाल प्रेसलाई बताए ।

‘पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको छ । कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन भइरहेको छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर