ईश्वर पोखरेलको टिप्पणी- संसद, न्यायालय र सरकारले लाजमर्दो अवस्था बनाए (भिडिओ) – Nepal Press

ईश्वर पोखरेलको टिप्पणी- संसद, न्यायालय र सरकारले लाजमर्दो अवस्था बनाए (भिडिओ)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकारका कारण मुलुकको सुशासन लज्जाजनक अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंको विशालनगरमा पुनर्निर्मित पञ्चकुमारी धर्मशालाको उद्घाटन गर्दै पोखरेलले संसद, न्यायालय र सरकारको अवस्था हेर्दा लाज मान्नुपर्ने अवस्था आएको बताए ।

‘राजनीतिक दलहरूमा पनि विकृति पैदा भएकाले खबरदारी गर्नुपर्ने बेला आएको छ । मुलुकलाई सही दिशामा लैजान अहिलेको प्रणालीलाई बलियो बनाउनुपर्छ । दलीय प्रणालीलाई कमजोर बनाउने काम कसैले पनि गर्न हुँदैन’, पोखरेलले भने ।

वागमती प्रदेश सांसद नारायण सिलवालले मापदण्डको पूर्वजानकारी नराखी काठमाडौं महानगरले आतंक फैलाएर संरचना भत्काउने काम गरेको भन्दै आपत्ति जनाए । एकजना व्यक्ति पनि अन्यायमा नपर्ने गरी महानगरले आफ्नो काम गर्नुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर