हेटौँडामा २२ वर्षीया युवतीको शव फेला – Nepal Press

हेटौँडामा २२ वर्षीया युवतीको शव फेला

हेटौँडा । मकवानपुरमा आफ्नो काकाको घरमा विगत ४ वर्षदेखि बस्दै आएकी एकजना युवतीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ नयाँबस्ती निवासी रामगोरख महत्तोको भतिजी २२ वर्षकी मनिषा महत्तोको शव फेला परेको हो ।

मनिषाको शव शनिबार काकाको घरबाट एक सय मिटर पश्चिमतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *