पुनर्जागरण पार्टीको चुनावी घोषणापत्र लेख्ने जिम्मा महामन्त्री किरणलाई – Nepal Press

पुनर्जागरण पार्टीको चुनावी घोषणापत्र लेख्ने जिम्मा महामन्त्री किरणलाई

काठमाडौं । आसन्न मंसिर ४ को चुनावका लागि पुनर्जागरण पार्टी, नेपालले महामन्त्री रविकिरण हमाल घोषणापत्र लेखनको जिम्मेवारी दिएको छ ।

घोषणापत्रको तयारीस्वरूप उनले दिनहुँ विषय विज्ञ, युवा र सर्वसाधारणसँग सुझाव लिइरहेका छन् ।

पुनर्जागरण पार्टीले पूर्वीय दर्शनमा आधारित मानवतावादलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएको छ । कूटनीति, कर्मचारी प्रशासन, न्यायलय, सुरक्षा, विश्वविद्यालय, संवैधानिक आयोग र स्वास्थनीतिमा केन्द्रित भएर घोषणापत्र लेखिरहेको हमालले बताए ।

यही साउन १२ गते निर्वाचन आयोगमा दर्ता भएको उक्त पार्टीमा ४० वर्षमुनिका युवाहरू सदस्य छन् । पुनर्जागरण पार्टी चुनाव चिन्ह बलिरहेको मैनबत्ती लिएर मंसिर ४ को चुनावमा भाग लिँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर