कांग्रेसनिकट व्यवसायीको दबाबमा पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउने तयारी – Nepal Press

कांग्रेसनिकट व्यवसायीको दबाबमा पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउने तयारी

काठमाडौं । सीमित व्यवसायी र कर्मचारीको योजनामा नेपाल आयल निगमको ट्यांकरहरूको ढुवानी भाडा २० प्रतिशत बढाउने तयारी गरिएको छ । घाटामा रहेको निगमलाई यो भाडा वृद्धिले मासिक पाँच करोड व्ययभार बढ्नेछ ।

नेपाली कांग्रेसनिकट उद्योग तथा अपूर्ति समितिका सहसंयोजक रहेका पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहरा र विश्व अर्याल नै पेट्रोलिय पदार्थ ढुवानीको २० प्रतिशत भाडा वृद्धि गर्न लागेका छन् । ७४ मा धादिङबाट संघीय संसद उठेका उनी भूमि त्रिपाठीसँग हारेका थिए ।

कांग्रेसकै प्रधानमन्त्री र उद्योगमन्त्री भएको कम्फर्टेबल ठानेर ढुवानी भाडा बढाउन उनले दबाब दिइरहेका छन् ।

उद्योगमन्त्री दिलेन्द्र बडू २० प्रतिशत भाडा बढाउनेमा राजी छन् । निगम सञ्चाल समितिका अध्यक्ष रहेका वाणिज्य तथा आपूर्ति सचिव गणेशप्रसाद पाण्डेयलाई मन्त्रीले ढुवानी भाडा बढाउन निर्देशन दिएकोमा सहसचिव, अर्थ तथा आयल निगमका सदस्य डा. अर्जुनकुमार खड्काले नमानेको स्रोतले बताएको छ ।

स्रोतले भन्यो, ‘भाडा वृद्धि गर्न खड्काले रोकेका हुन् । त्यो भाडा वृद्धि गर्ने बैठकमा निगम घटामा छ भन्ने तर व्यवसायीलाई पोस्ने गरेर भाडा वृद्धि गर्न सकिँदैन । यो चाडपर्वको बेला भएकाले पनि भाडा वृद्धि गर्ने फाइलमा म हस्ताक्षर गर्न सक्दिन भन्दै खड्काले रोकेका हुन् ।’

ढुवानी भाडा वृद्धि गर्न उद्योगमन्त्रीले मन्त्रिपरिषद्‍मा नै प्रस्ताव लैजानेगरी प्रस्ताव तयार गर्न भनेको छ ।

ढुवानी भाडा वृद्धि र त्यसपछि डिलरको कमिसनसमेत वृद्धि गराउने तयारीमा पट्रोलियम व्यवसयीहरू लागेका छन् । ढुवानी व्यवसायीहरूले भाडा वृद्धि नगरी ढुवानी नगर्ने चेतावनीसमेत दिएका छन् । भने, निगमले मागको समाधान गरिने भन्दै आश्वासन दिएको छ ।

अहिले कहाँको ढुवानी भाडा कति छ ?

निगको डिपोबाट १५ किलोमिटरसम्म प्रतिहजार किलो लिटर ३ सय ८३ रुपैयाँ रहेको छ । विराटनगरदेखि चारआलिसम्म प्रतिहजार किलो लिटर १ हजार २८ रुपैया, विराटनगदेखि भद्रपुरसम्म प्रतिहजार किलो लिटर १ हजार ८३ रूपैयाँ, विराटनगरदेखि जनकपुरसम्म प्रतिहजार किलो लिटर २ हजार ५० रूपैयँ, अमलेखगंजदेखि विराटनगरसम्म प्रतिहजार किलो लिटर ३ हजार १ सय २० रुपैयाँ, अमलेखगंजदेखि भलबारी तथा अमलेखगञ्जदेखि पोखरासम्म प्रतिहजार किलो लिटर २ हजार २ सय ८५ रुपैयाँ, अमलेखगंजदेखि थानकोटसम्म प्रतिहजार किलो लिटरल २ हजार ६ सय ८४ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

One thought on “कांग्रेसनिकट व्यवसायीको दबाबमा पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर