तातोपानी नाकालाई खुलाउन चीनसँग कुरा भइरहेको छ : परराष्ट्रमन्त्री खड्का (भिडिओ) – Nepal Press

तातोपानी नाकालाई खुलाउन चीनसँग कुरा भइरहेको छ : परराष्ट्रमन्त्री खड्का (भिडिओ)

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग छलफल गरिरहेको बताएका छन् ।

आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक-पटक चिनिया अधिकारीसँग छलफल गरेको बताएका हुन् ।

उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे ।

तीब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए । उनले आपूर्ति सहज गर्नका लागि आफु प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे ।

त्यस्तै, कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

सो क्रममा व्यवसायीहरुले विनाशकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर