नेपाल वाल प्लास्टका ड्राइ मोर्टार बजारमा – Nepal Press

नेपाल वाल प्लास्टका ड्राइ मोर्टार बजारमा

काठमाडौं । दक्ष जनशक्ति र गुणस्तरीय निर्माण सामग्रीको पहुँच घरघरमा पुर्‍याउने लक्ष्यसहित नेपाली उत्पादकको रुपमा परिचित नेपाल वाल प्लास्ट इन्डस्ट्रिज प्रालिले आफ्ना उत्पादनहरु बजारमा ल्याएको छ ।

घर निर्माण गर्दा निर्माण सामग्री विशेष गरी सिमेन्ट तथा बालुवाको गुणस्तरमा पर्याप्त जानकारी नहुने समस्या विद्यमान छ । माटो, स्लिट तथा अन्य अनावश्यक वस्तुहरु मिसिएको बालुवाको प्रयोगले मिश्रण बलियो नहुनु, दक्ष जनशक्तिको अभावले मिश्रणमा एकरुपता नहुने समस्या हुन्छ । त्यस्तै ढुवानी तथा भण्डारणको समस्या, निर्माण कार्य समयमै पूरा गर्न नसकिने, भविष्यमा संरचनाबाट पानी चुहिने र क्र्याकको समस्या तथा अन्य निर्माणसम्बन्धी समस्याहरु समाधान गर्न नेपाल वाल प्लास्टले आफ्ना उत्पादनहरु बजारमा ल्याएको हो ।

निर्माण र उत्पादनको क्षेत्रमा लामो अनुभव हासिल गरेको व्यवस्थापन टोलीद्वारा स्थापित नेपाल वाल प्लास्टले बालकुमारी हार्डवेयर नैकापको सहकार्यमा कम्पनीको म्यासकट अनावरण तथा उत्पादनहरुको अभिमुखीकरण कार्यक्रममार्फत आफ्नो उत्पादनबारे जानकारी दिएको हो ।

अत्याधुनिक कारखानामा इटालियन उच्च प्रविधि तथा कम्प्युटराइज प्रणाली र अनुभवी दक्ष प्राविधिक जनशक्तिद्वारा उत्पादित वालप्लास्ट, इटालियन वर्नरको साथ थ्री रिट्र्न सिलिङ ड्रायर भएको पूर्ण स्वचालित प्लान्टबाट शत प्रतिशत, धुलो माटोरहित ग्रेडिङ गरिएको बालुवा, अन्तर्राष्ट्रिय गुणस्तरको सिमेन्ट र विशेष पाउडर तथा अन्य सामग्री मिश्रण गरी निर्माण गरिएको तयारी मोर्टार नेपाली निर्माण बजारका लागि नौलो उत्पादन रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले न्यून कार्बन मान्यतालाई कठोरताका साथ पालना गर्ने हुँदा उपभोक्ता, समुदाय र समाजको स्वास्थ्यप्रति पूर्ण प्रतिबद्ध रही आफ्ना उत्पादनलाई बजारमा ल्याउने बताएको छ । उत्पादन तथा बजार व्यवस्थापनमा विविध चुनौती रहे पनि आफ्ना उत्पादनका विशेषताहरुले गर्दा हरेक समस्यालाई चिर्दै अगाडि बढ्ने कम्पनीको प्रतिबद्धता रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर