गठबन्धन शीर्ष नेताहरूको बैठक : सिट बाँडफाँटको विषयले प्रवेश नै पाएन, भोलि फेरि बस्ने – Nepal Press

गठबन्धन शीर्ष नेताहरूको बैठक : सिट बाँडफाँटको विषयले प्रवेश नै पाएन, भोलि फेरि बस्ने

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक मुख्य विषयमा प्रवेश नै नगरी सकिएको छ ।

आम निर्वाचनमा सिट बाँडफाँटका लागि शनिवार बालुवाटारमा बसेको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएपछि बैठकमा सिट बाँडफाँटको विषयले प्रवेश नपाएकाे बैठकमा सहभागि एक नेताले बताए ।

बैठक भोलि बिहान ८ बजे बस्नेछ ।

तीन नेताका अनुसार कार्यदल बैठकले मौखिक रूपमा जानकारी दिएको कुरामा छलफल आरम्भ हुने उनले बताए ।

यसअघि कार्यदल बैठकमा छलफल गरी केही सिटमा सहमति जुटेको प्रतिवेदन शीर्ष नेतृत्वलाई बुझाएको नेताहरूले बताएका थिए । तर ती नेताले भने कुनै लिखित प्रतिवेदन नै नआएको बताए ।

उनले भने, ‘प्रतिवेदन कुनै लिखित दिएकै छैन कार्यदलले मौखिक मात्रै हो । लिखित हस्ताक्षर, निर्णय केही भएकै छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर