दार्चुलामा बाढी पहिरो : हेलिकोप्टरद्वारा ३ जनाको उद्धार – Nepal Press

दार्चुलामा बाढी पहिरो : हेलिकोप्टरद्वारा ३ जनाको उद्धार

काठमाडौं । दार्चुलामा गए राति परेको अविरल वर्षापछिको बाढी र पहिरोमा फसेका तीनजनालाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ । दार्चुलाको नौगाड गाउँपालिका- २ सल्ला गाउँमा आएको बाढी र पहिरोमा परेर पाँचजनाको मृत्यु भएको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढी पहिरो प्रभवित क्षेत्रमा पुगेको थियो । गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरेको हो ।
उनका अनुसार हालसम्म तीन जना घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याइएको छ ।

नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख डीआईजी मोहन आचार्यका अनुसार महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ ।

बाढी पहिरोमा परी ७ जना बेपत्ता भएका छन् । ८ जना घाइते रहेको डीआईजी आचार्यले जानकारी दिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर