त्रिशूली अस्पतालमा आकस्मिक उपचार र विपन्न बिरामीलाई निःशुल्क रगत – Nepal Press

त्रिशूली अस्पतालमा आकस्मिक उपचार र विपन्न बिरामीलाई निःशुल्क रगत

त्रिशूली । नुवाकोटको त्रिशूली अस्पतालले आर्थिक रुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराएको छ ।

त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिक रुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्क उपलब्ध गराइएको हो ।

त्यस्ता बिरामीको लागि रगत परीक्षणबापतको शुल्कसमेत नलाग्ने मेसु डा. पाण्डेले जानकारी दिए । ‘रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट ८५० रुपैयाँ शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो’, उनले भने ।

अस्पतालले कोरोना र डेङ्गु रोगको परीक्षण सेवासमेत निःशुल्क गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर