पशुपति विकास कोषका कार्यकारी निर्देशकमाथि चार आराेप लगाउँदै पर्यटनमन्त्री श्रेष्ठले साेधे स्पष्टिकरण – Nepal Press

पशुपति विकास कोषका कार्यकारी निर्देशकमाथि चार आराेप लगाउँदै पर्यटनमन्त्री श्रेष्ठले साेधे स्पष्टिकरण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडालाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका छन् ।

उनले भदौ २१ गते मन्त्रीस्तरीय निर्णय गर्दै कोषका कार्यकारी निर्देशक खतिवडालाई ४ वटा आरोपसहित ३ दिन भित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएका हुन् ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडाले प्रचलित कानुन बमोजिमको पदीय जिम्मेवारी पुरा गर्न नसकेको, शैक्षिक योग्यताको विषयमा महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा प्रश्न उठेको र ठेकेदारको निवदेनको आधारमा स्वार्थ बाझिने गरी सुपरिवेक्षण परिवर्तन गरेको, आर्थिक वर्ष २०७७/०७८ को परामर्श सेवा खरिद कार्यमा कार्य सम्पन्न नहुँदै आगामी आर्थिक वर्ष साउनमा कार्य सम्पन्न गर्ने शर्तमा अघिल्लो आर्थिक वर्षको असारमा भुक्तानी दिएको स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख गरिएको छ ।

यस्तै, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकले पशुपति क्षेत्र विकास कोष, कर्मचारी सेवा शर्त सुविधासम्बन्धी नियमावली, २०४५ ले दिएको जिम्मेवारी पनि पुरा गर्न नसकेको र यस्ता विषमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटसमेत उजुरी आउने गरेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

One thought on “पशुपति विकास कोषका कार्यकारी निर्देशकमाथि चार आराेप लगाउँदै पर्यटनमन्त्री श्रेष्ठले साेधे स्पष्टिकरण

  1. एउटा गार्डसँग त निहुँ खोज्नेको वुद्वि हुन्छ ? भएकालाई निकालेर, दाम खाएर नयाँ भर्ना गर्न यसो गरेको सजिलै बुझिन्छ । गठबन्धनको अहिलेको मुख्य काम नै यहि हो । तर के बुझ भारतीय दलाल हो भने न्यायालय पनि छ । मुद्दा परिहाल्छ, कारण देखाउ आदेश आईहाल्छ । अनि भर्ना गरिदिउँला भनेर बैना लिएकाको बैना फिर्ता गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर